छड्के गर्दै मन्त्री के सी

0
720

काठमाडौँ, २० भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको नेतृत्वको एक टोलीले आज भृकुटीमण्डपस्थित बालबालिका खोज तलास केन्द्र १०४, राष्ट्रिय अपाङ्ग कोष, राष्ट्रिय स्वास्थ्य कोष, बालबालिकासम्बन्धी गैरसरकारी संस्थाको महासङ्घ (सिएनएफएन) र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा सञ्चालित अपाङ्गतासम्बन्धी स्रोत केन्द्रको आकस्मिक निरीक्षण गरेको छ ।

nilamनिरीक्षणका क्रममा मन्त्री नीलम केसीले संस्थाका नियमित कार्यको अवस्था, कर्मचारीको उपस्थिति, सेवा प्रवाहसम्बन्धी अवस्था अपाङ्गता भएको व्यक्तिका लागि सहायक सामग्रीको उत्पादनस्थलका अवलोकन गरी जानकारी लिनुभयो ।
सो अवसरमा उहाँले संस्थाका पदाधिकारी तथा कर्मचारीको नियमिति उपस्थिति, सेवाग्राहीप्रति पु¥याउनुपर्ने सेवामा तदारुकता, सम्पादित कार्यको मन्त्रालयमा नियमित सूचना सम्प्रेषणलगायत विषयमा जिम्मेवार भई आर्थिक अनुशासन कायम गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
टोलीमा मन्त्रालयका निमित्त सचिव, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष, मन्त्रालयका योजना शाखाका उपसचिवलगायतको सहभागिता थियो ।