भदौं मसान्त भित्रै संविधान ,सभाध्यक्ष नेम्वाङ

0
513

भाद्र २१ काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आन्दोलनरत मधेसवादी दलहरु र थारु समुदायले आन्लोलन नरोके पनि संविधान लेखन प्रकृया नरोकीने बताएका छन् ।nemang

उनले भदौं मसान्त भित्रै संविधान जारी हुने दाबी समेत गरे । सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख दलहरु मार्फत् आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्न आग्रह गर्ने बताउँदै संशोधन प्स्ताव मार्फत् उनीहरुको माग समावेश गर्ने पनि बताए ।

उनीहरुको माग समावेश हुँदा हुँदै पनि आन्दोलन जारी रहे आफु पनि प्रकृया नरोक्ने उनले बताए । अध्यक्ष नेम्वा«ले मधेर र थारु समुदायको माग सम्बोधनकालागि सभासदहरुले दर्ता गरेको संशोधन प्रस्तावहरुमा सहमति गर्नुपर्ने बताए ।

उनले विभिन्न पार्टीका सभासदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा उनीहरुको माग समेटीएको दाबी गरेका छन्