महोत्तरीमा प्रहरीको गोलीबाट ३ जनाको मृत्यु

0
509
महोत्तरी २३ भदौ 
महोत्तरीको जलेश्वरमा प्रहरी र  मधेसी मोर्चाका कार्यकर्ताहरुवीच भिडन्त हुँदा तीन प्रर्दशनकारीको मृत्यू भएको छ ।
जलेश्वरमा आएका प्रर्दशनकारीहरुले जिल्ला प्रहरी कार्यालयमा ढुंगा मुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यू भएको हो । सो क्रममा १२ जना भन्दा बढी गोली लागेर घाईते भएका छन ।
प्रहरीले त्यसअघि स्थिति नियन्त्रणमा लिन एक हजार भन्दा बढी सेल अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । मृत्यू हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन ।