काठमाडौँ २३ भदौ
आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष तथा थारु नेता राजकुमार लेखीले तीन दलको हठका कारण मुलुक गम्भीर द्वन्द्वमा फस्न लागेको बताउनुभएको छ ।
आज चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाले तराईमा जारी आन्दोलनलाई अहिलेसम्म सम्बोधन नगरिएको भन्दै थारु, मधेसी, आदिवासी, मुस्लिम तथा दलितलाई अधिकारबाट वञ्चित गरेर ल्याइने संविधान मान्य नहुने बताउनुभयो ।
लखीले समावेशीता, सङ्घीय, समानुपातिक र धर्म निरपेक्षतालगायतका आफ्ना माग सम्बोधन भए आन्दोलन स्थगित हुने बताउँदै आन्दोलनका क्रममा घाइते भएकाको उपचार, हिरासतमा रहेकाको रिहाइ र मैदानमा ल्याइएका नेपाली सेना फिर्ता बोलाए मात्र वार्ताको वातावरण बन्ने बताउनुभएको छ ।