पार्टि नीति बिपरित नबोल्न एमालेद्धारा सभासद्लाई निर्देशन

0
570

काठमाडौ २३ भदौ-एमालेले संविधानको विधेयकमाथिको छलफलमा पार्टीको नीति र निर्णयभित्र रहेर मात्र बहस गर्न आफ्ना सभासद्हरुलाई निर्देशन दिएको छ ।

 संसदीय दलको मंगलवारको बैठकमा अध्यक्ष केपी ओलीले झण्डै दुई घण्टा निर्देशनात्मक भाषण गर्दै सभासद्हरुलाई पार्टी नीति भन्दा विपरित नबोल्न सचेत  गराएका हुन् । संविधानको विधेयकमाथि बिहिबारबाट सभासद्हरुको बोल्ने क्रम सुरु हुनेछ । त्यसका लागि सभासद्हरुले आ–आफ्नो नाम टिपाउन थालिसकेका छन् ।

अहिले सम्म एमाले संसदीय दल एक ढिक्का रहेकोमा आफूलाई गौरव लागेको भन्दै ओलीले त्यस्तै एकता आगामी दिनमा पनि कायम राख्नुपर्ने  बताए । उनले संविधान सभामा बोल्ने बिषयमा कुनै अस्पष्टता भए पार्टीका नेता र संसदीय दलका प्रमुख सचेतकसंग  छलफल गर्न उनले निर्देशन दिए ।

‘अहिले सबै तिर एमाले जस्तो पार्टी हुनपर्छ भनेको सुनिन्छ, यस्तो संसदीय दलको नेता हुनमा मलाई गौरव छ ।