काठमाडौ २३ भदौ- दसैंका लागि उपत्यकामा साढे ३२ हजार खसीबोका भित्रिने भएका छन् ।
नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले साढे ३२ हजार खसीबोका ल्याउने तयारी गरेको हो ।
दसैंका अवसरमा खसीबोका माग उच्च हुने गरेकाले सोहीअनुसार राजधानी भित्र्याउने तयारी भएको यी दुई संस्थाले जनाएका छन्