पार्टि निणर्य स्विकार गर्न सभासद्हरुलाई प्रचण्डको निर्देशन

0
484

काठमाडौ, २३ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रका मधेसी र थारु समुदायका नेताहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिनुभएको छ ।
आज पार्टी भित्रका मधेसी र थारु सभासदहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सकेसम्म सबैको भावना पुरा हुने गरि संविधान जारी गर्ने प्रयास भैरहेको बताउनुभयो ।  छलफलमा क्रममा पार्टीभित्रका थारु र मधेसी नेताहरुको कुरा सुनिसकेपछि प्रचण्डले संविधान निर्माणलाई रोक्न खोज्दा जटिल परिस्थिति आउने बताउनुभएको थियो ।
संविधानसभाको प्रक्रियालाई केही दिन लम्ब्याएर भएपनि वार्ताको वातावरण बनाउने विषयमा आएका सुझावबारे तीन दलमा छलफल गर्ने प्रचण्डले आश्वासन दिनुभएको थियो ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भएको छलफलमा एमाओवादीका मधेसी मूलका नेताहरुले वार्ताको वातावरण बनाउन प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेताहरुसँग आग्रह गरेका थिए