२३ भदौ, विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका कर्मचारीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोदकुमार खरेलले जानकारी दिए ।
उनले भने-‘डेढ दुई सयको संख्यामा आएका प्रदर्शनकारीले प्रहरी विटमा तोडफोड गरे र, नियमित डिउटीमा खटिएका पाँच जना प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरे ।’ प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी भागेको भन्दै उनले भने-‘हवाई फायर गरेर प्रहरीलाई जल्नबाट बचाइयो ।’