सबैको उपस्थितीमा मात्रै साधारण सभा गर ः पुनराबेदन

0
570

काठमाडौं, भदौ २३ । पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटलब संघ (एन्फा)लाई साधारणसभा गर्नका लागि कार्यसमितिका सबै सदस्यहरुलाई जानकारी गराएरमात्र गर्न आदेश दिएको छ ।
images (1)
न्यायाधीशद्धय पुष्प कोइराला र शिवनारायण यादवको बुधबारको इजलासले एन्फाका मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई पनि कायमै राख्ने निर्णय गरेको छ ।

एजेन्डाबारे जानकारी नगराइ एन्फाको नेतृत्वले साधारणसभामा बोलाउने गरेको र सूचनाबाट बन्चित गर्दै आइरहेकोलगायतका आरोप लगाइ कर्माछिरिङ शेर्पासहित तीन उपाध्यक्ष र एक सदस्यले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

एन्फा अध्यक्ष गणेश थापाले भने सन्चारकर्मीसँग चारजना निलम्बनमा परेकाले साधारणसभाको जानकारी नभएको बताएका थिए । तर, असन्तुष्ट पक्षले भने निलम्बनको जानकारी नै नभएको बताउँदै आएको छ ।

एन्फाको नेतृत्वका तर्फबाट सुशील पन्त, शम्भु थापा, गोपालकृष्ण घिमिरे र सुनील पौडेलले तथा असन्तुष्ट पक्षका तर्फबाट हिरा रेग्मी, शेरबहादुर केसी र उपेन्द्रकेशरी न्यौपानेले बहस गरेका थिए ।