जोकोभिच युएस ओपनको सेमिफाइनलमा

0
545

काठमाडौं, भदौ २३ । शीर्ष वरीयताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा पुगेका छन् ।

जोकाभिचले १८औं वरीयताका स्पेनिस खेलाडी फेलिसियानो लोपेजलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । जोकोभिचले खेल ६–१, ३–६, ६–३ र ७–६ को सेटमा विजयी भए ।

अब सेमिफाइनलमा जोकोभिचको भिडन्त डिफेन्डिङ च्याम्पियनक्रोएसियन खेलाडी मारिन सिलिचसँग हुनेछ । सिलिचले फेन्च खेलाडी जो वेल्फ्रेड सोंगलाई ६–४, ६–४, ३–६, ६–७  र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।

महिला एकलतर्फ भने शीर्ष वरीयताकी अमेरिकन खेलाडी सेरेना विलियम्स आफ्नै दिदी भेनसलाई हराउँदै सेमिफाइनलमा पुगेकी छन् । सेरेना ६–२, १–६ र ६–३ को सोझो सेटमा विजयी भइन् ।

सेमिफाइनलमा सेरेनाको भेट इटालियन खेलाडी रोबेर्टा भिन्चीसँग हुनेछ । भिन्चीले क्वार्टरफाइनलमा फेन्च खेलाडी क्रिस्टिना म्लाडेनोभिचलाई ६–३, ५–७ र ६–४ ले हराइन् – See more at: http://imagekhabar.com/samachar/detail/52132/31/.meroml#sthash.HoCJcIRO.dpuf