ब्रिटिश एयरवेजको विमानमा आगलागी,यात्री र चालक दलका सदस्य सकुशल

0
491

लस भेगास, भदौ २३ । ब्रिटिश एयरवेजको विमानमा आगलागी भएको छ । लस भेगासस्थित विमानस्थलमा सो एयरवेजको बोइङ्ग ७७७–२०० मा अचानक आगलागी भएको हो ।

लस भेगासबाट लन्डनका लागि उडान भर्ने क्रममा मंगलबार विमानमा आगलागी भएको हो । उडानका लागि ‘रन वे’मा गति लिन लागेकै समयमा विमानको बायाँ इन्जिनबाट धुँवाको मुस्लोनिस्किएको थियो ।

पाइलटले विमानलाई सुरक्षित रुपमा रोक्न सफल भए पनि आगोले विमानलाई केहीबेरमै लपेटेको थियो । विमानबाट यात्री र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको छ ।

ब्रिटिश एयरवेजले सो दुर्घटनाको अनुसन्धान भइरहेको भन्दै थप जानकारी उपलब्ध गराएको छैन ।