भदौ २४ काठमाण्डौ । राष्ट्रपति डा रामवरण यादवले तराईमा आन्दोलनरत पार्टिलाई पनि संबिधान लेखन प्रकृयामा सहभागी गराउन आग्रह गर्नु भएको छ ।
राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नु भएका एमाओबादि अध्यक्ष पुष्पकमल दाहाल संगको भेटवार्तामा डा यादवले आन्दोलनकारी पक्षलाई बेवास्ता गरि संबिधान जारी गर्दा राम्रो परिणाम नआउने भन्दै संबिधान सबैको साझा हुनु पर्नेमा जोड दिनु भयो ।
जवाफमा दाहालले आन्दोलनरत पक्षलाई संबिधान निमार्ण प्रकृयामा समेट्न भैरहेको प्रयासका बिषयमा जानकारी गराउन् भएको थियो । बुधबार साँझ तीनदलका नेताले बार्तामा आउन आग्रह गरेको तर मधेशी मोर्चाबाट कुनै पनि जवाफ नआएको अध्यक्ष दाहालले राष्ट्रपति यादवलाई जानकारी गराउनु भएको यियो । संबिधान नेपाली जनताको आवश्यकता भएको भन्दै यादवले संबिधान सभाले बनाउने संबिधानमा आफुले हस्ताक्षर गर्ने बताउनु भएको छ ।