वार्ताको वातावरण बनाउन मोर्चाको सरकारसँग आग्रह

0
687

२४ भदौ, भैरहवा । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आफूहरु वार्ताका लागि तयार रहेको भन्दै वार्ताको वातावरण बनाउन सरकारसँग पुनः आग्रह गरेको छ ।

भैरहवामा विहीबार बिहान बसेको मोर्चाको बैठकले वार्ताका लागि तयार रहेको भन्दै वातावरण बनाउन सरकारसँग आग्रह गरेको हो । यसअघि पनि मोर्चाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा वार्ताका लागि तयार रहेको बताएको थियो ।

मोर्चाको बैठकपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने-‘ वक्तव्यबाजी गरेरमात्रै वार्ता हुँदैन, वार्ता गर्ने नै हो भने सरकारले वातावरण बनाओस् भन्ने मोर्चाको निर्णय छ ।’

प्रमुख तीन दलका नेताहरुले बुधबार साँझ संयुक्त वक्तव्यमार्फत मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरेका थिए ।

सरकारसँग वार्ताका लागि आफूले पहिल्यै राखेका शर्तहरु नै यथावत रहेको यादवले बताए । ‘हामीले पहिलेदेखि नै जे शर्त राख्दै आएका छौं, तिनै शर्त पूरा गरेपछि वार्ताको वातावरण बन्छ ।’
वार्ताको वातावरण बनाउनका लागि सेना परिचालन फिर्ता हुनुपर्ने, विगतको ८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने लगायतका शर्तहरु मधेसी मोर्चाले अघि सारेको छ । वार्ताको वातावरण नबनेसम्म आन्दोलन जारी रहने मोर्चाले निर्णय गरेको छ