पूर्वका नौ जिल्ला आज पनि ठप्प

0
748
लिम्बुवानको बन्दले पुर्वको जनजिवन ठप्प

बिराटनगर, २५ भदौ । लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ ।

लिम्बुवानको बन्दले पुर्वको जनजिवन ठप्प
लिम्बुवानको बन्दले पुर्वको जनजिवन ठप्प

पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा बिहीबारदेखि आमहड्तालको आह्वान गरेको हो ।
संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, तेह्रथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ ।