तराई आन्दोलन प्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण,वार्ताबाटै समाधान खोज्न महासचिव मुनको आग्रह

0
664

काठमाडौं, भदौ २६ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको तराईका जिल्लामा भइरहेको ‘आन्दोलन र त्यसक्रममा भएका हिंसात्मक घटनाहरुप्रति गम्भीर चिन्ता’ व्यक्त गर्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन् ।

राष्ट्रसंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा मुनले ‘तराईमा जारी प्रदर्शनका क्रममा मानिसहरुले ज्यान गुमाइरहेकोमा दुःख व्यक्त गरेका हुन् ।un

मुनले ‘राजनीतिक दलका शीर्ष नेताहरुले तत्कालका लागि संविधान निर्माण्को प्रक्रिया रोकेर आन्दोलनरत पक्षलाई वार्ताको लागि गरेको आह्वान स्वागतयोग्य भएको भन्दै वार्ताबाटै समस्याको समाधान निस्कने विश्वास’ व्यक्त गरेका छन् ।

मुनले राजनीतिक नेतृत्वले द्धन्द्धका पुराना सबै कारण र सम्भावित कारणहरुलाई सम्बोधन गर्दै बृहत् जनसमर्थनमा नयाँ संविधान बनाउन सुझाव पनि दिएका छन् ।