मस्जिदमा क्रेन खस्दा १०७ जनाको मृत्यु

0
453

साउदी अरव, २६ भदौ । मुसलमानहको प्रसिद्ध धार्मिक तीर्थस्थल साउदी अरेबियाको मक्कामा अवस्थित एक मस्जिदको एक खण्डमा निर्माणका लागि ल्याइएको क्रेन खस्दा १०७ जनाको मृत्युभएको साउदी अरवको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

मुश्लीम धर्मावलम्वीद्वारा शुक्रबार प्रार्थना गरिरहेको बेला भारी वर्षासँगै ८३ किलोमिटर प्रतिघण्टाको बेगमा हुरी चलिरहेको बेला मस्जिद मर्मतकार्यका लागि राखिएको उक्त क्रेन एक्कासी खसेको बताइएको छ ।

साउदी अरबमा गएको केही दिनदेखि ठूलो आँधी आउँदा यहाँको सामान्य जीवनमा असर पर्ने गरेको छ ।

आगामी १० दिनपछि सुरु हुने हज यात्राका लागि विश्वभरका लाखाँै मुसलमान मक्का आउपुग्ने क्रम रहेकै अवसरमा यो ठूलो दुर्घटना हुनपुगेको छ ।

साउदी अरवका सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म हजयात्राका लागि १० लाख भन्दाबढी मानिसहरु यहाँ आइपुगेका छन् ।

इस्लाम धर्मालम्बी अफ्नो जीवनभरमा एक पटक हजयात्रा गर्नैपर्ने विश्वास राख्छन्