भारतमा मर्नेहरुको संख्या १०४ पुग्यो

0
575

२६ भदौ । भारतको मध्यप्रदेश, झबुवा जिल्ला पेटल्वाद बजारमा अवस्थित एक रेष्टुरेन्टमा शनिबार बिहानै भएको ग्यास सिलिण्डर विस्फोटमा परी मृत्यु हुनेको संख्या शनिबार साँझसम्म १०४ पुगेको छ ।
घटनामा परी दर्जनौं अरु गम्भीर रुपमा घाइते भएका समाचारमा जनाइएको छ ।
अहिलेम्म १०४ जनामध्ये ८२ शवको परीक्षणपछि आफन्तलाई बुझाइएको छ, भने बाँकी २२ जनाको परीक्षण भइरहेको प्रमुख चिकित्सा अधिकारी डा अर्जुन शर्माले पिटीआइलाई जनाउनुभएको छ ।

विस्फोटमा परी गोदामघर र वरिपरिका घर तथा भवनमा पनि ठूलो क्षति भएको छ ।

उद्धारकार्य जारी रहेकोले मृतक तथा घाइतेको सङ्यामा अझै वृद्धि हुनसक्ने प्रमुख सुरक्षा अधिकारी सञ्जय दुबेले बताउनुभयो ।

यसैबीच, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै मृतकका आफन्तलाई प्रारम्भिक चरणमा दुई लाख रुपियाँको राहतको घोषणा गर्नुभएको छ ।

यस्तै घाइतेलाई ५० हजार रुपियाँ सहयोग गर्ने पनि उहाँले बताउनुभएको छ ।

‘म घटनाबाट मर्माहित भएको छु म मेरोतर्फबाट मृतक परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’ घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समितिको घोषणा गरिएको गृहराज्यमन्त्री बाबुलाल गौरले बताउनुयभो ।

घटनास्थलमा रहेको भग्नावषेश हटाउन राष्ट्रिय विपद् व्यवस्थापन टोली झबुवा पठाइएको छ ।