बार्ताको अबब्हन नाटक मात्रै ः कर्ण

0
669

काठमाडौं, भदौ २७ । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सरकारको वार्ता आह्वान एउटा नाटकमात्र भएको बताएका छन् ।

सभासद समेत रहेका कर्णले मधेसका मागहरु सरकारका सामु आफूहरुले राखिसकेको उल्लेख गर्दै भने, ‘हामीलाई वार्तामा बस्न आह्वान गर्नुभन्दा माग पुरा गराउनतर्फ लाग्नु वेश हुन्छ ।’

उनले भने, ‘सरकारले वार्ताको नाममा समय खेर फाल्नुभन्दा माग पुरा गराउनेतर्फ लाग्नु पर्छ ।’ वार्ताका लागि आन्दोलन नभएको उनले बताए ।

सभासद कर्णले अहिलेको परिस्थितिमा आन्दोलन छोडेर वार्तामा बस्न नसकिने बताउदै आन्दोलन अझ उठ्ने चेतावनी दिए । विगतमा मधेससँग गरेका सहमति र अन्तरिम संविधानले गरेका व्यवस्थालाई पुनः सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने उनले बताए ।

आइतबार ईमेज एफएमसँग कुरा गर्दै सभासद कर्णले आफ्नो भूमीमा आन्दोलनमा ज्यान गुमाएका साथिहरुलाई श्रद्धाञ्जली दिने वातावरण नभएका कारण आफुहरु रक्सौलमा गएर कार्यक्रम गर्नु परेको बताए ।

छिमेकीसँग लोकतान्त्रिक आन्दोलनका पक्षमा सहयोग माग्नु र आधिकारका लागि समर्थन माग्नु सामान्य भएको बताउदै उनले भने, ‘हामीले भारतसँग आन्दोलनलाई सहयोग गर्न आग्रह गरेका छौ ।’