म्यान्चेस्टर युनाईटेडद्धारा लिभरपुल ३-१ ले पराजित

0
531

काठमाडौं, भदौ २७ । इंग्लीश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ ।manu

म्यान्चेस्टर युनाईटेडका लागि नयाँ खेलाडी एन्टोनी मार्सलले डेब्यु खेलमै गोल गर्दा डेली ब्लाईण्ड र एण्डर हरेराले पनि एक–एक गोल गरे । लिभरपुलका बेन्टेकेले एक गोल फर्काएका थिए ।

लिगमा उत्कृष्ट सुरुवात गरेको म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्दा आर्सनलले स्टोक सिटीलाई २–० ले पन्छायो ।

गएरातिका अन्य खेलहरुमा नर्वीच सिटीले बर्नमाउथलाई ३–१ ले हराँउदा वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले पराजित गर्‍यो । वेष्ट ब्रोम र साउथह्याम्पटनले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रियिमर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १०-१० अंक जोडेका म्यान्चेष्टर युनाईटेड र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको क्रिष्टल प्यालेसको ९ अंक छ भने ८ अंक जोडेको एभर्टन पाँचौ स्थानमा छ