फ्लाभियाले उचालिन युएस ओपन टेनिसको उपाधि

0
970

भदौ २७ । इटालियन टेनिस खेलाडी फ्लाभिया पेनेटाले करिअरकै पहिलो ग्रान्ड स्लामका रुपमा युएस ओपन टेनिस जितेकी छन् ।

२६ औं वरियताकी पेनेटाले करिअरमा पहिलो ग्रान्ड स्लाम जितेसँगै खेल जीवनबाट सन्यास लिएको घोषणा गरेकी छन् ।

अमेरिकाको न्यूयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्रान्डस्लाम ‘युएस ओपन’को फाईनलमा आफ्नै राष्ट्रकी रोबर्टा भिन्चीलाई पराजित गर्दै पेनेटाले उपाधि जितेकी हुन् । भिन्ची विरुद्धको खेल पेनेटाले ७–६ र ६–२ को सोझो सेटमा जितिन् ।

अन्तर्राष्ट्रिय टेसिनमा कुनै पनि ग्रान्स्लाम उपाधि जित्ने पेनेटा दोस्रो इटालियन महिला हुन् ।

युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिको लागि आइतबार शीर्ष खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका रोजर फेडेरर भिड्ने भएका छन् ।