रौतहट सदरमुकाम गौरमा अनिश्चितकालिन कर्फ्यु

0
736

गौर, भदौ २७ । रौतहट सदरमुकाम गौरमा आइतबार मध्यान्ह १२ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ ।

भदौ ७ गते देखि नै दङ्गाग्रस्त क्षेत्र घोषित यस जिल्लामा आइतबार संयुक्त मधेशी मोर्चाले प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सदरमुकाम गौर र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

गौर नगर क्षेत्रको उत्तरमा निर्माणाधीन बसपार्क, दक्षिणमा टिकुलिया, पूर्वमा बडहरवा पुल र पश्चिममा भन्सार क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।