थारुहरुको माग जायज ः प्रचण्ड

0
609

भदौ २७ काठमाण्डौ । एकित्रृmत नेकपा माआबादिका अध्यक्ष पुष्पकमल दाहालले संबिधान सभा कतै असम्भव हुने हो की भन्ने चलखेल र षड्यन्त्रका बीच दलहरु माथि उठेको औचित्यलाई पुष्टि गर्न पनि भाग्यको फैसला गर्नै पर्ने अबस्थामा नेताहरु पुगेको धारणा राख्नु भयो ।

प्रचण्डले कैलालिमा थारुहरुले जारी राखेको आन्दोलको माग आफ्नो पार्टिको पुरानो माग भएको भन्दै आन्दोलनको समर्थन गर्नु भएको छ ।pra

संबिधान सभाको परिमार्जित बिद्येयकमाथिको छलफलमा भाग लिँदै दाहालले देशलाई निकास दिनकालागि आफ्नोदलले आज सम्मकै ठूलो त्याग गरेको भन्दै काल माक्र्सको भनाई दाँत रोपेकामा फल काट्ने बेलामा उपियाँ हात पारेको भन्ने भनाइको स्मरण गर्दै उहाँले आफ्नो पार्टिले संबिधान जारी गर्नका लागि ठूलो त्याग र बलिदानी गरेको भनाई राख्नु भएको थियो ।

ईतिहाँसलाई गर्व गर्दा हाम्रो राष्ट्रिय एकताको आधारलाई कम्जोर ठान्न नहुने भन्दै अब बन्ने संबिधानले यो एकतालाई अझ बलियो बनाउने दाबी गर्नु भयो । नेपाल र नेपालको संबिधान लेखन प्रक्रियालाई असफल बनाउन चौतर्फी खेल भैरहेको अबस्थामा सतर्क रहँदै संबिधान जारी गर्नुको बिकल्प नभएको उहाँको भनाई थियो ।

अब मधेश छुट्टै देशको लडाँईमा जानु पर्छ भन्ने मधेशी दलका नेताहरुको भनाई राष्ट्रघाती सोच भएकाले काठमाण्डौबाट छुट्टिने भन्दा काठमाण्डौ सँग अँशलिनु पर्ने तर्फ लाग्न सुझाव दिनु भयो ।