संबिधान निमार्णको बाटो अबरोध नगर्न ओलीको चेतावनी

0
828

भदौ २७ काठमाण्डौ   नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने अबस्थामा देश पुग्दा जटिलता देखा पर्नु स्वभाबिक भएको भन्दै यो सबिधान सभाले जटिलता चिरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्न भएको छ ।

देशलाई यथास्थितीमा राख्न नहुने भएकाले संबिधान ल्याउनुको कुनै बिकल्प नभएको उहाँको भनार्य थियो । संबिधान सबैको साझा दस्तावेज बनाउन,सबै पक्षलाई सहमतीमा ल्याउनका लागि हर सम्भव प्रयास गरिएको भन्दै गरिबिको अन्त्य गराँदै भुकम्पको पिडाबा देशलाई मुक्त गराउँदै जनताको आधारभुत आवश्यकता प्रदान गर्न पनि संबिधान अनिबार्य भएको धारण राख्नु भएको थियो ।

यो महत्वपूर्ण घडिमा आफ्नो जिम्मेवारी पुरागर्ने कार्यमा सभासद्हरुको भुमिकाको ओलीले प्रसंशा गर्नु भयो । अहिलेको लइाई जनताको अधिकारप्राप्तीको लडाँई भएकाले जनताका अधिकार थप घट गर्न सकिने भएकाले संबिधान निर्माणको बाटो अबरुद्ध नगर्न सबैलाई आग्रह गर्नु भयो , सबै भाष,जाती र बर्गका जनताको अधिकार कुण्ठित भएमा सुधार गर्न सकिने भन्दै संबिधान सभालाइृ असफल हुन नदिन आग्रह गर्नु भयो ।