अशोक तिवारी
वीरगंज ,भदौ २८
यात्रा डेलीका संचालक र द हिमालयन टाईम्सका बीरगंजका सम्वाददाता राम सर्राफको घरमा पेट्रोल बम प्रहार गरिएको छ । आइतवार बीरगंज रानिघाट स्थित निवासमा राती पेट्रोल बम प्रहार गरिएको छ । कर्फयु जारी भएको समयमा राती सवा नौ बजेतिर घटना भएको बारे प्रहरीेलाई पत्रकार सर्राफले जानकारी गराएको बताए ।
सर्राफले घटनाबारेमा पर्साका प्रजिअलाई जानकारी गराएको तर पनि प्रजिअले कुनै पहल नगरेको आरोप समेत लगाए । घरभित्र सपरिवार बसेको अवस्थामा फलामे गेटमा पेट्रोल बम प्रहार गरिएको र आगजनी भएपछि छिमेकीहरुको सहयोगमा आगो निभाइएको सर्राफले बताए । पत्रकार सर्राफ राष्ट्रिय फोटो पत्रकार समुहका उपाध्यक्ष समेत रहेका छन् ।शर्राफले घटना बारे प्रतिकिर्या दिदै भने ,जसले जुन अभि प्रायःले घटना गराएपनि आफु पत्रकारीताको धर्मबाट किन्चीत बिचलीत नहुने र शस्क्तरुपमा धर्मनिर्वाह गरिरहने छु । यसौ गरि राष्टिय फ फोटो पत्रकार समुह र नेपाल प्रेस युनियन पर्साले प्रेस बिज्ञप्ति जारी गरि घटनाको भत्र्सना गरेको छ । जारी गरिएको प्रेस विज्ञप्तिमा घटनाको छानविन गरि दोषीलाइ अबिलम्ब कार्यवाहि गर्ने मागं गरिएको छ ।
सोमबार स्थानिय सचांरकर्मिहरुसगं कुरागर्दै सयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले घटनाको भत्र्सना गरेका छन् । उनले भने, ‘प्रत्रकारको घरमा आक्रमण गर्नु आन्दोलनलाइ बदनाम गराउने कार्यमात्र हो ’।