अबको आन्दोलन कठोर हुने नेता महतोको चेतावनी

0
754

अशोक तिवारी

वीरगन्ज,भदौं २८

सदभावना पार्टीको राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले जारी हुने सविधानको परिर्वतन र संशोधनको लागि हदैसम्मको बल लगाउन नया मोर्चा गठन गरि सघर्षको कार्यक्रम ल्याउने बताएका छन् । सदभावना पार्टी पर्साले वीरगन्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले परिर्वतनको एजेन्डा, विगतमा भएको सम्झौता, आदिवासी, जनजाति, मधेशी र मुस्लिमसंग भएको सम्झौतालाई थाती राखेर खसवादीले ल्याउन लागेको नया सविधान कुनै पनि हालतमा आफुहरुलाइ मान्य नहुने बताए ।12011276_764001710393613_2520317948225168125_n
उनले मधेसी दलहरुले सविधान सभा नत्यागेको कारण पनि आन्दोलन उत्र्सगमा नपुगेको बताउदै राजिनामा दिएका आफना सभासदहरुको राजिनामा सभामुखले पास नगरेर ठुलो षडयन्त्र गरेको बताए । नेता महतोले मधेशी, थारु, जनजाति र मुस्लिमहरुले अन्तिम लडाई नलडेको र आफनै कमिकमजोरीका कारण कोईराला, दाहाल र ओलीले आफनै लागि सविधान ल्याउन लागेको आरोप लगाउनु भयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता समेत रहेका अध्यक्ष महतोले जबरजस्ती ल्याउन लागिएको सविधान नेपालको दुई तिहाई जनतालाई मान्य नहुने बताए । नेता महतोले खसवादीहरुले आफनो लागि मात्र सविधान ल्याउन खोजेको आरोप लगाए । उनले मधेस विरोधी सविधान बनाउने कांग्रेस ,एमाले र एमाओवादीका मधेसका सभासदहरुलाइ जनताले तहलगाउने दावी समेत गरे ।

उनले भने,‘मधेशको नाममा राजनितिक गर्ने एमाले र काग्रेसका सभासदहरु कुर्सी र मन्त्रीको लोभका कारण विरोध गर्न नसकेकोले यस्तो समस्या उत्पन्न भएको हो । जनताले अब उनीहरुलाइ देखाउने छन् धोखा भनेको के हो’ ?
उनले मधेश आन्दोलन गरी रहेको मोर्चाले पनि पद त्याग नगरेको कारण शासकहरुको हिम्मत बढेको बताउनु भयो । उहाले सविधान सभामा कुनै सुनवार्ई नभएपछि प्रमुख तीन दलले जबरजस्ती गणित्य भागमा सविधान जारी गर्न लागेको बताउनु भयो ।