भाद्र २८ काठमाण्डौ संबिधान सभा सचिवालयले असोज ३ गते संबिधान जारी गर्ने गरी तयारी गरेको छ । सचिवालयले संबिधान जारी गर्न राष्ट्पति डा रामवरण यादवलाई जानकारी गराउने तयारी गरेको छ ।
सचिवालयले ३ गते सार्वजनिक बिदा दिन र घरघरमा दिपावली गर्न आम नागरीकलाई आग्रह गर्ने तयारी गरेको छ । यता आजको संबिधान सभाको बैठकले संबिधानको परिमार्जित बिद्येयकमाथिको मतदान प्रक्रिया आजका लागि स्थिगीत गरिएको छ । संबिधनसभाको बैठक मंगलबार बिहान १० बजेको लागि आब्हन गर्दै स्थगीत गरिएको छ ।
आजको बैठकमा प्रस्तुत अधिकाँश संशोधनको प्रस्ताव ध्वनिमतका आधारमा अस्विकृत गरिएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राख्नु भएको संशोधनको प्रस्ताव धार्मिक स्वतन्त्रतको प्रस्तावलाई मत बिभाजनका आधारमा मात्रै निर्णय गर्न आग्रह गरे पश्चात सभामुखले प्रकृया सुरु गरे पनि २५ जना मात्र्र सभासद संशोधनका पक्षमा भएकाले प्रकृया अगाडी बढ्न नसक्ने घोषणा गर्नु भएको थियो ।