आड. काजी २० हजार धरौटीमा रिहा

0
385

काठमाण्डौ भाद्र २८ । सामाजिक सञ्जालमा आफ्नो भनाई लेखेका कारण पक्राउ परेका आदिबासी जनजाती नेता आड. काजी शेर्पा अदालतले मागेको २० हजार धरौटी बुझाई रिहा भएका छन् ।ang

जारी आन्दोलनको पक्षमा भनाई सार्वजनिक गर्दै शेर्पाले स्टाटस लेखे पश्चात बौद्ध प्रहरीले उनलाई नियन्त्रणमा लीएको थियो । शेर्पाको रिहाईको माग गर्दै बिभिन्न दबाब मुलक कार्यक्रमहरु भैरहँदा जिल्ला अदालत काठमाण्डौले उनलाइृ धरौटीमा रिहा गरेको हो । प्रहरलिे शेर्पालाइृ साईबर क्राईमको आरोपमा अभियोग पत्र दर्ता गराएको थियो ।

रिहा भए पश्चात शेर्पाले आफ्नो जित भएको भन्दै यस्तो स्टाटस लेखेका छन् । 

निरंकुशता विरूद्द जनताकाे विजय !
१) २० हजार धराैटीमा रिहा आदेश प्रदान गर्नु भएकाेमा सम्मानित अदालत प्रति हार्दिक धन्यवाद
२) रिहाईका लागि वहस गर्नु हुने सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूप्रति हार्दिक आभर
३) म गिरफ़्तार भएदेखि रिहाईका लागि धर्ना दिनुहुने सम्पूर्ण आन्दाेलनकारी मित्रहरू प्रति मुरीमुरी धन्यवाद
४) मेराे गिरफ़्तारी प्रति चिन्तित विदेशमा रहनु भएका सम्पूर्ण मित्रहरूलाई धन्यवाद
५) मेराे जीवन सड०गिनी, नातेदार तथा ईष्टमित्रहरूप्रति धन्यवाद
५) मेराे निडरता जनजाति, मधेसी, मुस्लीम र दलितकाे मुक्तिकाे लागि