अफ्गानिस्तानमा ५ नागरीक र १ सेनाको मृत्यु

0
444

अफगानिस्तान, २९ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा मङ्गलबार विहान सवारीलाई लक्षगरी गरिएको आतङ्ककारी आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन ।
मङ्गलबार बिहान सबेरै चार दिवार इलाकाको मुख्य सडकमा यात्रा गरिरहेको सर्वसाधारणको एक कारमा दुई सैनिकलाई चढाएपछि सो सवारी साधनलाई लक्ष्यगरी गरिएको गोली आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको जनाइएको छ ।

सो आक्रमणमा परी अर्का एक सेना घाइते भएको जनाइएको छ । सो सवारी साधन छिमेकी प्रान्त पाक्टिया प्रान्ततर्फ गईरहेको जनाइएको छ ।

तालिवान आतङ्ककारी समूहले सर्वसाधारणलाई सरकारी समारोह सम्मेलन लगाउत सेनाको जत्थाबाट टाढा रहन चेतावनी दिएका छन् ।