ढाका, २९ भदौ । बङ्गलादेशमा गत महिना यहाँका दुईजना ब्लगरको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ गरेका तीन जनालाई कारबाही सुरु गरिएको जनाइएको छ ।
प्रहरीकाअनुसार ती तीन जनामा एकजना बेलायती नागरिक पनि रहेको समाचारमा जनाइएको छ । अरु तीन जना भने इस्लामिक हतियारधारी रहेका छन् ।
गत महिनामात्र बङ्गलादेशमा अभिजित रोय र अनन्त विजय दाशको हत्या भएको थियो । यी दुवै जनाको हत्याको प्रमुख योजनाकार नै ती बेलायती नागरिक रहेको प्रहरीले जनाएको छ ।
बङ्गलादेशको प्रहरीले ब्लगरको हत्यामा सम्लगनहरुको खोजीलाई व्यापक बनाएको छ । पछिल्लो समयमा यहाँ उनीहरुको हत्याका घटना बढ्न थालेपछि प्रहरी सक्रिय भएको हो ।
यसै वर्षको सुरुदेखि आजसम्ममा बङ्गलादेशमा चारजना ब्लगरहरु मारिइसकेका छन् । तीमध्ये रोय र दाश दुईजना हुन् ।
बङ्गलादेशको राजधानी ढाकामै जन्मिएका राय गत फेब्रुअरी महिनामा मारिएका हुन् । उनलाई छुरी धसेर मारिएको थियो ।
त्यस्तै उत्तरपुर्वी बङ्गलादेशको साइलहाट सहरको एक बैंकमा कामगर्ने दाश ३३ वर्षका थिए । उनी पनि गत मे महिनामा सोही नगरमा मारिएका हुन् ।
ढाका प्रहरीले उनीहरुलाई राजधानी ढाकाबाटै पक्राउ गरिएको जनाएको छ । पक्राउ गरिएका तीनजना यसअघि पछिल्लो समयमा बङ्गलादेशमा मारिएका दुईजना ब्लगरका हत्यारा भएको पत्ता लागेको पनि प्रहरीले जनाएको छ ।
उनकादअनुसार पक्राउ गरिएका एकजना ५८ वर्षीय तुहिदुर रहमान हुन् भने अरु दुई जना गत मे महिनामा प्रतिबन्धित सङ्गठन अन्सारुल्लाह बङ्गला टिमका सदस्य रहेका छन् ।