गाउँ पर्यटन प्रवद्र्धन मञ्च—नेपाल (भिटोफ नेपाल) ले आफ्नो अवधारणा अनुसार गाउँ केन्द्रित पर्यटनलाई विकास एवं विस्तार गर्ने क्रमसंगसंगै ग्रामिण जनताको आर्थिक स्तर वृद्धि होस भन्ने हेतुले पर्यटकीय गाउँ—ठाउंहरुको स्थलगत अध्ययन तथा अवलोकन भ्रमण गरी उक्त स्थानको पर्यटकीय सम्भाव्यतालाई प्रवद्र्धन गर्दै आएको छ ्र यसै क्रममा मञ्च ले भाद्र २१ गतेदेखि २५ सम्म गोर्खा जिल्लाको वारपाक , म्यग्दिको झिँ , टोड्के , उवा खेत, साथै कास्की को ह्यङ्ज्याकोट होमस्टे को सफल्ता पुर्वक स्थलगत अध्यान तथा अबलोकन भ्रमण गरेको हो ।

भ्रमण को मुख्य उद्देश्य गोरखा जिल्लाको बारपाकलाई गत वैशाख १२ गतेको विनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति पुगेको हुनाले हाललाई घरबास पुनः संचालन गर्न सकिन्छ कि सकिदैन भन्ने अध्ययन भ्रमण, म्याग्दी जिल्लाको टोड्के, झी, उवाखेत, कुहुँ गाउँमा गाउँ पर्यटनको सम्भाव्यता सम्बन्धी खोज तथा अनुसन्धान भ्रमण साथै ह्यङ्ज्याकोट होमस्टे को स्थलगत अबलोकन भ्रमण गरेको हो ।

गोरखा जिल्लाको बारपाक समुन्द्री सतहबाट करिब १९०० मि. को उचाइमा रहेको अति सुन्दर एवं गुरुङहरुको बाहुल्यता रहेको सो गाउँ ९ वटा वडा मध्ये ७ वटा वडा एकै गाउँमा पर्छ । लगभग १३ सय घर धूरि रहेको सुन्दर पर्यटकिय गाउँ होमस्टेको लागि प्रख्यात पनि छ । तर बैशाख १२ गतेको भुकम्प तथा सयौ पराकम्पनहरुले यहाका ७२ जनाको ज्यान गयो र सम्पुर्णं घरहरु ध्वस्त पार्यो। यसै क्रममा त्यहा होमस्टे सञ्चालन भएका २२ घरहरु पनि भत्किए । जसोतसो उनिहरुले अस्थायि टेन्ट मा २०,२५ जनाको समुह सम्मलाइ घरबास को व्यवस्था गरि सेवा पुर्र्याई रहेको जानकारी वारपाक होम्स्टेका कोषाध्यक्ष पुर बहादुर घलेले जानकारी गराउनु भयो ।
होमस्टे सञ्चालन भएका घरहरु पुर्ण रुपमा छति पुगेकोले, तत्काल ६ बटा नया होमस्टे घर पुनःनिर्माणको लागि सहयोग आवश्यक रहेकोले सहयोग गरिदिन हुन सरोकारवालाहरुलाई आग्रह गरिएको थियोे । छलफल कार्यक्रम मा भिटोफ नेपालका अध्यक्ष चित्र बहादुर गुरुङले बिनासकारी भुकम्प बाट वारपाक बासीलाइ पर्न गएको मानविय तथा भौतिक क्षतिले अत्यन्त दुःखित बनाएको र बारपाकको ६ बटा नया होमस्टे घर पुनःनिर्माण गर्न र तत्काल पुनः सञ्चालन गर्न लाई आर्थिक सहयोग गर्ने बताउनु भयो! त्यसैगरि भिटोफ पोखरा च्याप्टारका अध्यक्ष तारानाथ पाहारीले बारपाक होम्सटे पुनःसञ्चालन को लागि केन्द्रिय भिटोफसग सहकार्य गरि आवश्यक आर्थिक तथा नैतिक सहयोग गर्ने बताउनु भयो!

म्याग्दी जिल्लाको झीँ, टोड्के, उवाखेत, पुर्णगाउ साथै अन्य गाँउहरु समुन्द्री सतहबाट १८०० देखि २३०० मि. को उचाईमा रहेको छ । मगर जातीको वाहुल्यता रहेको सो गाउँमा मगर संस्कृति अझै जिवितै रहेको पाइन्छ । साथै अन्य जातजातीहरुको बसोबास रहेको यस गाँउ धौलागिरी हिमालको काखैमा रहनुले पनि पदयात्रामा आउने पर्यटकहरुको लागि हिमाली दृश्य हेरेर रम्न सकिने प्रचुर सम्भावना बोकेको हुनाले पर्यटकको लागि अति रमणीय स्थलको रुपमा परिचत रहेको छ । पर्यटन बोर्डका बरिष्ट अधिक्रृत सुदन सुवेदीले झीँ गाउका सुन्दरता, गाउको आतिथ्य सात्कार,स्थानिय उब्जेका अन्न, फलफुल साग सब्जिले पर्यटकको मन लोभ्याउने बताउनु भयो। उहाले झीँ लगायतका क्षेत्रहरु घरबासकोलागि उपयुक्त भएको र केहि खानपिन, घरबास ब्याबस्थपन र तालिम को आवस्यक भएको बताउँदै नेपाल पर्यटन बोर्ड सहयोगको लागि सधै तयार रहेको जानकारी गराउनु भयो। नागरिक दैनिकका वरिष्ट सम्बाददाता तथा भिटोफ नेपाल का सद्वभावना दुत अम्रृत भादगाउलेका अनुसार टोड्केलाई केन्द्र बनाएर त्यसका काखमा रहेका गाउहरु जस्तै झिँ, उवाखेत, पुर्ण गाउ, पर्यटकिय सम्भावना बोकेका ठाउ हो । त्यसै गरि भिटोफ नेपालका महासचिब राजकुमार थापाले आफ्नो सँस्था गाउ पर्यटन पर्यटकीय सम्भाव्यतालाई अध्य्यन तथा प्रवद्र्धन गर्दै आएकोले झिँ गाँऊलाइ पर्यटकिय गन्तब्य घोषणा गनु पर्ने तथा यसलाई प्रचार प्रसार गर्न पर्यटन बोर्ड तथा सरोकारवालाहरुसँग सहकार्य गर्ने बताउनु भयो। स्थानिय महिला अग्रज चु माया थजालि झीँ गाउलाइ होम्स्टे घोषणा गर्न पहल गरिदिन हुन सम्पुर्ण पर्यटन सरोकारवलाहरुलाई ध्यानाकर्षण गराउनु भयो। म्याग्दि उद्धोग बाणिज्य सङ्घका अध्यक्ष जिवन कुमार बि.क. ले म्याग्दीका पर्यटकिय गन्तब्य टोड्के लगायत आसपास का क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउन आफुहरु सधै प्रायसरत रहेको र आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
सुन्दर नगरी पोखरा देखि १८ कि.मी.टाढा रहेको पश्चिम राजमार्ग हुदै ,४ कि.मि पैदल मार्ग या आधा घण्टा जिप यात्रामा पुगिने सुन्दर गाऊमा पर्छ ह्याङ्ज्यकोट होमस्टे। एक दिनमा १२० पर्यटक सम्म बास तथा खानपिनको ब्यवस्था गर्न सकिने होम्स्टेका अध्यक्ष ईश्वर गुरुङले बताउनु भयो। पोखरा देखि नजिक, स्वच्छ वातावरण, स्थानिय स्वदिष्ट भोजन साथै अन्नपुर्ण , माछापुच्छे्, हिमश्रृंखला नजिकबाट अबलोकन गर्न सकिन्छ!
उक्त भ्रमण टोलिमा पर्यटन बोर्ड का बरिष्ट अधिक्रृत, भिटोफ नेपाल का पदाधिकारिहरु, सञ्चारकर्मीहरु, पर्यटनकमीहरुको सहभागि रहेको थियो!