३१ भदौ । दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ ।
८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोका भवनहरुमा क्षति पुगेको छ । सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ ।
प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिएको हो । अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।