हंगेरीमा प्रहरी र आप्रवासी बीच झडप

0
540
३१ भदौ । पछिल्ला केहि दिनयता युरोपमा आप्रवासी समस्या च ुलिएको छ । जसका कारण जर्मन छिर्न चाहने शरणार्थीलाई रोक्नेक्रममा हंगेरीमा प्रहरी र आप्रवासी बीच झडप भएको थियो ।


सीमापार गरी अन्य युरोपेली मुलुकमा जान आप्रवासीले जोड गरेपछि हंगेरियन प्रहरी र आप्रवासीबीच झडप भएको छ । झडपमा केही आप्रवासी घाइेत भएका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहरा नै प्रहार गरेको छ ।

jhadap_hungery2सर्वियाली शहर होर्गोस नजिक जम्मा भएका आप्रवासी र प्रहरीबीच झडप भएको हो । धेरै आप्रवासी जर्मनी जान चाहेकाले पनि झडपको स्थिति आएको हो । हंगेरीले मंगलबार नै सर्वियासँग जोडिएको आफ्नो सीमा बन्द गरेको थियो