भाद्र ३१ काठमाण्डौ । आजको बक्तित्व भोलाीको नेतृत्व भन्ने नाराका साथ नयाँ पुस्ताबाट नयाँ नेतृत्वको खोजि गर्ने एक्रिएटिभ मिडियाको अभियान अन्तीम चरणमा पुगेको छ ।

नेपालभरका कक्षा ११ र १२ मा अध्यायन गर्ने युवाहरुलाई स्थान दिईएको बक्तित्वकला प्रतिस्पर्धामा देशभरबाट ६ हजार युवाहरुले सहभागीता जनाएका थिए । बिभिन्न चरण पार गर्दै अहिले उक्त प्रतियोगिता अन्तिम ३० जना प्रतिस्पर्धिहरु छान्न सफल भएको छ ।

अन्तिम ३० मा परेकाहरुलाई ब्यक्तित्वकला सँग सम्बन्धित बिभिन्न ब्यक्तित्वहरुबाट प्रशिक्षण दिने र त्यस पश्चात २५ जनालाई अर्को राउण्डमा स्थानदिईने छ भने त्यसपश्चात १५ जनाको बिचमा प्रतिस्पर्धा गराईने छ । १५ जना बीचको प्रतिस्पर्धाबाट टप टेनको छनौट गरिने छ भने त्यस मध्येबाट प्रथम,द्धितिय र त्रितियको छनौट गरिने एक्रिएटिभ मिडियाका मार्केटिङ निर्देशक महेश पोखरेलले सञ्चारखवरलाई जानकारी दिनु भयो ।

यस प्रतिस्पर्धाको मुख्य प्रायोजक भने चंखे शंखे पंखे नामक नेपाली चलचित्र रहेको छ । उक्त चलचित्रको कथा बस्तुले पनि नयाँ पुस्ताबाट नेतृत्वको खाजी गर्ने सन्देश दिएकाले चलचित्रको प्रमोसन गराउने उद्धेश्यले सहकार्य गरेको जनाइएको छ ।

प्रतियोगीताको अन्तीम निर्णयक मण्डलमा रहने निर्णायक मण्डलको भने टुङगो लाग्न बाँकी रहेको छ । निर्णयकहरुमा गगन थापा,योगेश भट्टराइ,अनिल शाह,रविन्द्र मिश्र,पुष्पा बस्नेत,नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाललाई राख्ने बिषयमा छलफल गरिरहेको तर अन्तिम टुङगो लाग्न बाँकी रहेको पोखरेलले जानकारी दिनु भयो ।
यस प्रतिस्पर्धाबाट छानिएका युवाहरुले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने अवसर पाउने पोखरेलले जानकारी दिनु भएको छ । पोख्रेलका अनुसार प्रतियोगीतामा प्रथम,द्धितिय र त्रितिय हुनेले क्रमसः १ लाख,५० हजार र २५ हजार रुपैया पुरस्कार पाउने छन् ।
जारी रहेको प्रतियोगीतामा काष्ठमाण्डप कलेज कलंकीबाट सहभागी भएका मनोज मुडभरीको बाल्नेकलालाई धेरौले मन पराएका छन् । प्रतियोगीतामा ऊने गरेको एउटा भाषण अहिले युटुबमा भाईरल बनेको छ ।

मनोजको भाषण यस्तो छ …..