यू १९ साफ च्याम्पीयनसीप खेलाडी सम्मानित

0
518

३१ भदौ, काठमाडौं । सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलकाे विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार च्याम्पिनय टोलीका २३ खेलाडीसहित २८ सदस्यलाई जनही १ लाख प्रदान गरेको हो ।

सम्मानित हुने खेलाडीमा कप्तान विमल घर्ती मगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकी छन् । यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल सम्मानित भएका छन् ।

प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले पनि सम्मानित भएका छन् ।

हालै काठमाडौंमा भएको पहिलो पहिलो यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानलाई हराएपछि सरकारले उपाधि जिते नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

फाइनलमा भारतलाई पराजित गर्दै नेपाल च्याम्पिनय बनेपछि सरकारले पूर्व घोषणा अनुसार टीमका प्रत्येक सदस्यलार्इ नगद १ लाख प्रदान गरेको हो ।

कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले फुटबलको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताए । ठूला देशलाई हराउने ताकत खेलकुदमा मात्र भएको बताउदै फुटबल मात्र नभइ पदक जित्ने सबै खेलका खेलाडीलाई सम्मान गरिने बताए ।