संबिधानमा सभासद्हरुद्धारा हस्ताक्षर गने क्रम जारी

0
716

काठमाडौ, १ असोज असोज ३० गते संबिधानसभाबाट पारित भएको नयाँ संबिधानमा सभासद्हरुले हस्ताक्षर गर्न सुरु गरेका छन् ।संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको अध्यक्षतामा गठित समितिले संविधानको संशोधन प्रस्ताव, भाषिक शुद्धता र अनुक्रम मिलाउने काम हिजो सकेपछि आज हस्ताक्षर गर्न लागिएको हो ।
भट्टराई नेतृत्वको समितिले  चार घण्टाभन्दा बढी समय लगाएर तयार पारेको संविधानको विधेयक हिजो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको थियो । बुझाइएको विधेयकलाई संविधानसभा सचिवालयले थप परिस्कृत गरी नेपाली कागजमा मुद्रण गरेको छ ।
मुद्रण गरिएको पाँचप्रति संविधानको विधेयकलाई सभासदले आज संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान नौ बजेदेखि अपरान्ह तीन बजेसम्म हस्ताक्षर गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
सभासदको हस्ताक्षर सकिएलगत्तै संविधानसभाका अध्यक्ष नेम्वाङले त्यसलाई प्रमाणित गर्नुृहुनेछ । संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण गर्नेछ ।
संविधानको प्रतिलाई आगामी असोज तीन गते साँझ पाँच बजे आयोजना हुने औपचारिक राष्ट्रिय समारोह एवम् विशेष बैठकमा राष्ट्रपति समक्ष सभाध्यक्षले पेश गर्नुहुनेछ । समारोहमा राष्ट्रपति डा रामवरण यादवले संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नुहुनेछ ।