आज विश्वकर्मा पूजा, विधिपूर्वक मनाइँदै

0
714

काठमाडौ, १ असोज । दैवी वास्तुविद् विश्वकर्मा पूजा आज विधिपूर्वक मनाइँदैछ ।
नेपालमा प्रत्येक वर्षको आश्विन सङ्क्रान्ति (असोज १ गते) विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ ।
समुद्रमन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने परम्परा छ ।