राष्ट्रिय लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार भिड्दै

0
684

काठमाडौ, १ असोज ।  राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब  र थ्रीस्टार क्लब आमने सामने हुँदैछन् ।
खेल दिउँसो साढे तीन बजे सुरु हुनेछ । हिजो भएको खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको प्रतियोगितामा आर्मीले विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै आर्मीले जारी प्रतियोगितामा १४ अङ्क जोडेको छ ।