आज विज्ञान दिवस मनाइँदै

0
1317

काठमाडौ, १ असोज । विभिन्न कार्यक्रमका साथ राष्ट्रिय विज्ञान दिवस आज मनाइँदै छ ।
प्रत्येक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने गरिनन्छ । यस वर्ष ‘राष्ट्र निर्माणका लागि विज्ञान प्रविधि’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका उपसचिव राजुबाबु पुडासैनीले जानकारी गराउनुभयो । सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइएको छ ।
विज्ञान दिवसका अवसरमा अमृत क्याम्पस लैनचौरलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।