अटो सो मा बाईक स्टलमा तडकभडक नै धेरै

0
530
COPYRIGHTED

काठमाण्डौ असोज १ ।
राजधानीको भृकुटिमण्डपमा जारी अटो सोमा मोटर साईकलको बुकिङ अत्यन्तै न्युन भए पनि ब्यापरीहरुको तडक भडक भने कम छैन । मोटरसाइकलका पारखहिरु किन्न भन्दा पनि हेर्नमात्रै आएकाले तडक भडक गरेरै दिन बिताउनु परेको एक कर्मचारीले बताएका छन् ।

COPYRIGHTED
COPYRIGHTED

बिशेष गरी बजाज,हिरो,होण्डा,टिभीएस र यमाहा का मोटरबाईक ग्राहकको रोजाईमा पर्ने गरेको भए पनि पछिल्लो समय मोटर साईकलको मुल्य आकासिएका कारण ब्यापारकम हुँदा ब्यापारीहरु कलाकारहरुको साथमा दिन बिताउन बाध्य भएका छन् । अटो सोमा भारतमा बनेका देखि बाहेक ईटली,जर्मनी लगायत तेसो देशमा बनेका बाईकहरु प्रति पनि बाईकका पारखीहरुको भिड देख्न पाइन्छ । हाल बजारमा होण्डा,यमाहा र पल्सरका नयाँ मोडलका बाईकहरु आएकाले यी तीन वटै कम्पनीहरु बजार प्रबर्दनमा लागि परेका छन् जस्को फाईदा कलाकारहरुले समेत भेट्टाएका छन् ।