काठमाण्डौ १ असोज ।
संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले बिचारलाई बिभक्त गरेर बिकासलाई बन्धक नबनाउन चेतावनि दिनु भएको छ । ठमेल पर्यटन बिकास काउन्सिलले आयोजना गरेको ठमेल सुरक्षित छ नामक अन्तरक्रियातमक कार्यक्रमा बोल्दै सचिव थपलियाले राजनैतिक आस्था र बिचारका कारण नेपालको बिकासमा समस्या परेको भन्दै अनावश्य राजनीति नगरी समग्र पर्यटन क्षेत्रको बिकासमा लाग्न ब्यबसायिहरुलाई आग्रह गर्नु भएको छ ।
बैशाख १२ को भुकम्पले ध्वंस भएको भन्ने गलत समाचारका कारण बिदेशमिा परेको नकारात्मक प्रभाव क मगर्न नसके सम्म पर्यटकिय क्षेत्रले बाटोलिन नसक्ने भएकाले ठमेल क्षेत्रको बिकासकालागि गूरुयोजना बनाएर लाग्नु पर्नेमा उहाँले जोड दिजु भयो । नेपालको पर्यटन उद्योग र ठमेल बीच नङ मासुको जस्तै सम्बन्ध रहेका बताँऊदै उहाँले ठमेल पर्यटनको राजधानी भएकाले यस्को बिषेशता र महत्व बचाउनका लागि ठोस योजना बनाए जस्तोसुकै सहयोग गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक महाशाखाका प्रमुख डि आई जी जय बहाुर चन्दले पर्यटकिय केनद्र ठमेल चौबिसै घण्टा खोल्न नसक्नुनै ब्यबसायिहरुको कम्जोरी भएको भन्दै आफु त्यस्का लागि सहयोग गर्न तयार रहेकाले परिषदले यस्तर्फ ध्यान दिन जरुरी रहेको सुझाव दिनु भयो । पर्यटकिय केन्द्रहरु चौबिस घण्टा खुलेमा मात्रै राजधानीको सवारी ब्यबस्थापनमा जहजीकरण आउने उहाँको भनाई थियो ।
अनतरक्रिया कार्यक्रमका आयोजक ठमेल टुरिजम काउन्सिलका अध्यक्ष रामशरण थपलियाले पर्यटन बिकासमा देखिएका चुनौतीहरु सामना गर्न मन्त्रालय र सम्बन्धीत पक्षले सहयोग गरेमा आफ्नो कार्यकालमै ठमेलको स्वरुप परिवर्तन गर्न सकिने भन्दै समस्योको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो । लोडसेडिङको मारका कारण धेरै ब्यबसायि बिस्थापितको अबस्थामा पुगेको भन्दै तत्काल दोहारो लाईनको ब्यबस्था गर्नु पर्नेमा उहाँँले जोड दिनु भयो । पर्यटक सूचना केन्द्र,सार्वजनिक शौचालय,संपदाको संरक्षण,सडक बालबालिको ब्यबस्थापन,तेस्रो लिङगीको समस्या र सडकको कालोपत्रे गर्ने जस्ता समस्या समाधानमा सघाउन मन्त्रालयउलाई आग्रह गर्नु भएको थियो ।