काठमाडौँ, २ असोज । नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी)द्वारा संयुक्तरुपमा यही असोज ४ गतेका दिन अपराह्न १ बजे सहिद मञ्चमा विशेष खुशीयालीसभा आयोजनागर्ने भएका छन् ।
राष्ट्रपति डा रामवरण यादवद्वारा भोलि अपरान्ह ५ बजे नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । सो आमसभालाई ती दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकाका महामन्त्री कृष्ण सिटौलाले राससलाई जानकारी दिनुभयो ।
उहाँले सो सभामा सहभागीताको लागि आम नागरिकलाई आह्वान गर्नुभयो । सो सभामा संविधानका विशेषताका बारेमा नेकाका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले साझा धारणा राख्नुहुनेछ ।