मलेसियामा थुनिएका ५० नेपालीलाई एनआरएनले घर फर्काउने

0
667
काठमाडौँ २ असोज
मलेसियाको घरफिर्ती केन्द्रमा थुनिएका ५० जना नेपालीलाई एनआरएनले घर फर्काउने भएको छ । एनआरएनए मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहले पहिलो चरणमा २० जनालाई घर फर्काइने जानकारी दिनुभयो ।
अध्यक्ष शाहले २० जनाको एकतर्फी हवाई टिकट मलेसियाका लागी नेपाली राजदुत निरन्जन मानसिंह बस्न्यातलाई प्रदान गर्नुभएको छ ।  आगामी अक्टोबर २ तारिखमा पहिलो चरणमा २० जना नेपाली कामदार घर फर्किने भएका छन् ।
उनीहरु मलेसियाको जोहोरबारुस्थित घरफिर्ती केन्द्रमा थुनिएका थिए । बिभिन्न कारणले समातिएर पैसाको अभाबमा घर फर्कन नसकेका नेपालीलाई घर फर्काउन लागिएको अध्यक्ष शाहले बताउनुभयो । दोस्रो चरणमा रहेका अन्य ३० जनालाई एनआरएनएको केन्द्रिय अधिबेशनको समयमा घर फकाईने अध्यक्ष शाहले जानकारी दिनुभयो ।