देश भरको सुरक्षा ब्यबस्था कडा, चार वटै सुरक्षा निकाय परिचालन

0
675
काठमाडौँ २ असोज– संविधान जारी भएको घोषणा हुने दिन अप्रिय घटना नहोस भन्नका लागी सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकाय अन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।
सरकारले देशैभर खानतलासी, जाँच र गस्ती बढाएको छ । शान्ति सुरक्षामा खलल पु¥याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको प्रवक्त ढकालले जानकारी दिनुभयो ।
उहाँले आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको बताउनुभयो । भोली संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा सहभागीका लागि समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।
संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा भोलीका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
संविधानसभाभित्र र बाहिरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काले बताउनुभयो ।
त्यस्तै विशिष्ट व्यक्तिको आवागमन हुने सडक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
सुरक्षालाई ध्यानमा राखी एक हप्ताअघिदेखि नै काठमाडौँ उपत्यकामा भित्रिने सबै नाकामा जाँचमा कडाइ गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो