असोज ३ काठमाण्डौ ।
आफुसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ चिकित्सक गोबिन्द केसी शनिबार देखि पुनः आमरण अनसनमा बस्नु भएको छ । चिकित्सा क्षेत्रमा देखिएको बिक्रिती,बिसंगतीलाई हटाउने भन्दै सरकारले डा के सी सँग ११ बुँदे सम्झझैता गरेको थियो,उक्त सम्झौतालाई त्यस पश्चात बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गरी प्रधानमन्त्रीको अध्यक्षतामा आयोग गठन गर्ने समाप्त भएको १४ दिनको अमारण अनसनको उपलब्धिलाई सरकारले तुहाउन शिक्षामन्त्रीको अध्यक्षतामा आयोग गठन गरेको भन्दै के सीले पुनः अनसन सुरु गर्नृु भएको हो । यस पटकको अनसन निर्णायक हुने भन्दै सम्पुर्ण सम्झौता कार्यान्वयन नभए सम्म अनसन नतोडीने अडानका साथ उहाँ अनसनमा बस्नु भएको हो ।