ठमेलमा भब्यताका साथ संबिधानको स्वागत गरिने

0
510

असोज ३ काठमाण्डौ ।
गणतन्त्र नेपालको नयाँ संबिधान निर्माण भए संगै देशभर खुशि र उत्साह छाई रहेका बेला पर्यटनको राजधानीको पहिचान बनाएको ठमेलमा पर्यटकहरुको उपस्थितीमा भब्य दिपावली गरिने भएको छ । नेपाल पर्यटन ब्यबसायी मञ्च ठमेलको आयोजनामा साँझ ६ बजे संचयकोष भवन अगाडीबाट स्थानिय पर्यटन ब्यबसायी,स्थानियबासी र पर्यटकहरुको उपस्थितीमा भब्यताका साथ मैनबत्ति जुलुस निकालीने जानकारी मञ्चका अध्यक्ष गणेश प्रसाद सिंखडाले सञ्चारखवरलाई दिनु भयो ।

मञ्चको अगुवाईमा ठमेलमा क्रियासील झण्डै २५ वटा संघ संस्थाले उक्त कार्यक्रममा सहभागीता जनाउने भएकका छन् । जुलुसले ठमेलका बिभिन्न भागको परिक्रमा गरि सञ्चयकोष भवन अगाडी पुगि सकारात्मक सन्देश प्रबाह गराउने कार्यक्रम गर्ने भएको छ । नयाँ संबिधान निमार्ण संगै अब देश बिकासको बाटोमा अगाडी बढ्ने भएकाले मुलुकमा स्थायि शान्ति छाउने बिश्वास समेत मञ्चले लिएको अध्यक्ष सिंखडाले बताउनु भयो ।

अब मुलुकमा बिकासको लहर छाउने भन्दैै सिंखडाले पर्यटन क्षेत्रको बिकास बिना देशको बिकास संभव नभएको बताउँदे संबिधान निर्माणको सन्देश बिश्वभर फैलाउन सके धारासायी बनेको पर्यटन उधोगले गति लिने उहाँको बिश्वास थियो । साथै उहाँले साँझ ६ बजे देखि ८ बजे सम्म हुने संबिधानको स्वागत कार्यक्रममा सहभागीताका लागी सबैमा अपिल समेत गर्नु भएको छ ।