बिरगञ्जमा झडप १ जनाको मृत्यु,पुर्वमन्त्री करिमा बेगमको अबस्था गम्भिर

0
889

असोज ३ बिरगञ्ज अशोक तिवारी । जिल्ला प्रशाशन कार्यालय पर्साले लगाएको निषेधाज्ञा र कर्फयु तोड्दै प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी बिच झडप हुँदा १ जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।
झडपमा परि सत्रुघन पटेलको मृत्यु भएको छ भने पुर्ब मन्त्री करिमा बेगम र स्थानिय सतिदेबि गुप्ता घाईते भएका छन् । घाइृतेहरुको बिरगञ्ज उपक्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । घाईतेहरुको अबस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको छ । बेगमको टाउकोमा गोली लागेकाले थप उपचारका लागि काठमाण्डौ लैजान चिकित्सकहरुले रिफर गरेका छन् ।