असोज ४ काठमाण्डौ ।
गणतन्त्र नेपालको संबिधान २०७२ जारी भए सँगै देश भर हर्स रउल्लास छाएको छ । पर्यकिय राजधानीको पहिचान बनाएको ठमेल क्षेत्रमा हजारौ नागरिकहरुले मैनबत्ति जुलुस सहीत ठमेलको परिक्रमा गरि संबिधानको स्वागत गरेका छन् । नेपाल पर्यटन ब्यबसमयी मञ्चको आयोजानामा भएको संबिधानको स्वागत कार्यक्रममा ठमेलका पर्यटन ब्यबसायसँग जोडिएका बिभिन्न २५ वटा संघ संगठनले सहभागीता जनाएका थिए ।


स्वागत समारोहमा सहभागीहरुले हातहातमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै अनुहारमा नेपालको झण्डाको आकृती बनाएका थिए ।
बाजा गाजा सहित ठमेल स्थित सञ्चय कोष भवनबाट सुरु भएको जुलुस ठमेलका सम्पुर्ण भागको परिक्रमा गरी पुनःसञ्चयकोष भवन अगाडी पुगी सभामा परिणत भएको थियो ।


सभालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष गणेश प्रसाद सिंखडाले अब देशमा दिगो शान्तिको सुरुवात भएकाले आर्थिक सम्बृद्धिको बाटोमा देश अगाडी बढेकोमा खुसि ब्यक्त गर्दै संबिधान सबैको साझा भएको भन्दै देशको आर्थिक बिकासको ढोको खुलेकोले नेपालमै रोजगारीको प्रचुर संभावना श्रृजना गर्न सकिने धारण राख्नु भयो । कार्यक्रममा ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष रामशरण थपलियाले देश गणतनत्रमा प्रबेश गरेसँगै जागेको जनताको आशालाई सफल पार्ने कार्यमा राजनीतिक दलका नेताहरुले गरेको कार्यको प्रसंशाा गर्दै अब ठमेललाई पर्यटकिय राजधानी बनाउन सबैले सहयोग गरे आफुले त्यस्को नेतृत्व लिन तयार रहेको भन्दै संबिधनले बिकासको ढोका खोलेकोले सुस्ताएको पर्यटन ब्यबसाय छोटो समयमै माथि आउने भएकाले नेपालको परिर्विर्त अबस्थाको सन्देश बिश्वभर फैलाउन जरुरी भएको धारण राख्नु भयोको थियो ।

गहना पोखरीमा यसरी गरियो संबिधानको स्वागत
राजधानीको पुरानो ऐतिहासीक गहना पोखरी क्षेत्रमा पनि स्थानियहरुले संबिधानको स्वागत गरेका छन् । स्थानियहरुको पुर्व तयारीमा गहनापोखरी क्षेत्रमा मैनबत्ति सहित दिपावली गरी संबिधानको स्वागत गरीएको छ । पोखरीको बिचभागमा मैनबत्ति बालेर स्थानियले संबिधानको स्वगत गरेका थिए ।

