असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने नेता त्रयको प्रतिबद्धता

0
994

असोज ४ काठमाण्डौ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शुशिल कोईराला,नेकपा एमालेका अध्यक्ष के पी आली र एमाआबादिका अध्यक्ष पुष्पकमल दाहालले सन्तुष्ट पक्षहरुको माग जारी संबिधानले पुरा गरि सकेको र बाँकी रहेका केहि माग अब गठन हुने आयोगले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

IMG_1124 हिजो जारी गरिएको संबिधानको स्वागतमा सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले जस्तोसुकै आन्दोलनको मागको समाधान वार्ता तथा संबादबाटै हुने भएकाले बार्ताको माध्यमबाट समाधान खोज्न अपील गरेका हुन् । सभामा बोल्दै प्रधानमन्त्री कोईरालाले आपसी मेलमिलाप र एकता भन्दा ठुलोकुरा अरु नभएकाले मेलमिलापको बाटोबाटै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिने भएकाले सहमतीमा आउन आन्दोलनरत पक्षलाई पुनः अपिल गर्नु भयो । सभामा बोल्दै एमाले अध्यक्ष ओलीले नेपालीहरु स्वाभिमानी भएकाले आफ्नो देशको संबिधान र बिकास आफैल गरेकोमा गर्भ गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालको संबिधान निमार्णकार्यले सफलता पाएकोमा छिमेकीहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । बाँकी रहेका समस्याको समाधान हुँदै जाने भएकाले अबको आन्दोलन बेमौसमी बाजा मात्रै हुने ओलकिो कथल थियो ।IMG_1131
सभालाई सम्बोधन गर्दै एमाओबादी अध्यक्ष प्रचण्डले नेपालीहरु कुनै पनि छिमेकी मुलुकको एस म्यान नभएको भन्दै छिमेकीले अनावश्यक चासो लिन नहुने सुझाव दिनु भयो । नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलार्य संस्थागत हुन नदिन बिभिन्न स्थानबाट चलखेल भए पनि संबिधान सभा त्यलाई चिर्न सफल भएको भन्दै उहाँले राजनीतिक दलको प्रसंशा गर्दै जनतालाई सुभकामना तथा बधाई दिनु भउको थियो । कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाल स्काउट लगायत बिभिन्न संघ संस्थाले छुट्टा छुट्टै झाँकी प्रदर्शन गर्नुका साथै नेपाली सेनाको हेलिकप्टरले पुष्पबृष्टी समेत गराएको थियो ।IMG_1133