चलचित्र ‘वडा नम्बर ६’, आज सम्मकै हिट

0
635

woda number 6 crd2

चलचित्र ‘वडा नम्बर ६’ दर्शकको साथ पाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले काठमाडौंमा शुक्रबार र शनिबार हाउसफुल बिजनेश गर्यो । शनिबार बिदाको दिन परेको तथा आईतबार र सोमबार समेत राष्ट्रिय बिदा परेको फाईदा यो चलचित्रलाई छ । चलचित्र हिट लिस्टमा परेको हल्ला सुरु भएको मात्र छैन्, यो चलचित्र बर्ष २०७२ कै सर्वाधिक कलेक्शन गर्ने चलचित्र बन्छ भन्ने विश्लेषण समेत सुरु भएको छ ।

नेपाली चलचित्रलाई वास्ता नगरेर बलिउड र हलिउड चलचित्रलाई विशेष प्राथमिकता दिने ‘क्युएफएक्स’ हलहरुले समेत यो चलचित्रलाई खुलेर स्थान दिएका छन् । शनिबार बिग मुभिजले ‘वडा नम्बर छ’लाई पाँच सो दियो । त्यस्तै कुमारी, क्युएफएक्स सिभिल मल, जय नेपाल, लगायतका हलहरुले समेत यो चलचित्रलाई विशेष स्थान दिएका छन् । चलचित्रले दुई दिनमा नै करोड क्लबमा प्रवेश गरेको जानकारीमा आएको छ ।

विशेषतः नेपाली सानो पर्दाका सर्वाधिक चर्चित हाँस्य कलाकारहरुको निर्माण तथा अभिनयमा बनेको यो चलचित्रको प्राचार प्रसार व्यापक हुनु, लोकप्रिय मानिएका टिभी सिरियलहरुमा यसको उत्तिकै प्रचार हुनु तथा यसअघी सार्वजनिक भएका चलचित्रका गीत तथा ट्रेलरले उच्च हाईप लिनु चलचित्र सफलताको कडी बन्यो । चलचित्र हेर्न उर्लेको दर्शकभीडमा उपस्थित भएर दर्शकसँगै निर्माता तथा कलाकारहरुले खुसी साटेका छन् ।

दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे (माग्नेबुढा), निर्मल शर्मा लगायतको लगानी रहेको यो चलचित्रलाई उज्जल घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा माग्नेबुढा, दिपकराज गिरी, सिताराम कट्टेल (धुर्मुस), प्रियंका कार्की, दयाहाङ राई, सन्दिप क्षेत्री, राजाराम पौड्याल लगायतको अभिनय छ । चलचित्र काठमाडौं उपत्यकामा मात्र प्रदर्शनमा आएको हो । बन्द हड्ताल लगायतका समस्याका कारण चलचित्र मोफसलका दर्शकले हेर्नको लागी अझै केहि हप्ता पर्खिन पर्ने देखिएको छ ।

यो बर्ष रिलिज भएका आधा दर्जनबढी चलचित्रले लगानी उठाईसक्दा यो बर्ष नै नेपाली चलचित्र उद्योगको लागी फापेको चर्चा सुरु भएको छ । तर राम्रो चलचित्र बन्दै गर्दा दर्शकको राम्रो साथ पाएको कुरा भुल्न हुँदैन् । चलचित्रलाई दर्शकले दिएको साथबाट उत्साहित भएकी निर्मात्री तथा कलाकार दिपाश्री निरौलाले राम्रो चलचित्र बन्दै गर्दा दर्शकले सधै माया गर्ने भन्दै नेपालीपना बोकेको चलचित्र बनाउन पर्छ भन्ने सन्देश पनि मिलेको बताईन् । विदेशी चलचित्रको सिको गर्ने तथा भल्गारिटी र सेक्सलाई प्राथमिकता दिएर अथवा भनौं ‘सेक्स बेचेर’ ब्यापार र्न पल्केकाहरुलाई नेपालीइना बोकेका चलचित्रको सफलतालाई झापडको रुपमा पनि लिईएको छ ।