५ असोज । पछिल्ला केही महिनायता आप्रवासी समस्या बढ्दै गएको युरोपमा यससम्बन्धी युरोपेली देशहरुले विभिन्न नीतिहरु सार्वजनिक गरिरहेका छन् ।
यसैबीच पोल्याण्डका प्रधानमन्त्री इवा कोपाक्जलले सोमबार देशले थप २ हजार २०० शरणार्थीका् शरण स्वीकार गर्ने भएको जानकारी दिनुभएको छ ।
शरणमाग्ने व्यक्तिको सङ्ख्यामा केही थपिने जानकारी उहाँले दिनुभएको बताइएको छ । शरण माग्ने व्यक्तिको आवेदन स्वीकार गरेको घोषणा उहाँले गर्नुभएको छ ।
कोपाक्जकाअनुसार युरोपियन युनियन (इयु) ले हालैमात्र अघि सारेको शरणार्थीको थप विकासको लागि अझै राम्रो पुनर्वास दिने कार्यक्रमप्रति उहाँको समर्थन रहेको छ ।
युरोपियन युनियनले सन् २०१५ को जुन र जुलाईमा ६० हजार भन्दा बढी आप्रवासी र शरणर्थी पुनर्वासको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
जसमा युरोपियन युनियनदेखि बाहिरी इलाकामा अवस्थित शिविरमा बसोबास गर्दै आएका २० हजार व्यक्ति सहभागी रहेका थिए ।
विश्वका विभिन्न देशमा बढ्दो हिंसा र आन्तरिक द्वन्द्वका कारण हालैका केही समययता आएर युरोपेली क्षेत्रमा शरणार्थीको सङ्ख्या बढ्दै गएको छ ।
जसका कारण युरोपका कयौँ देशको अवस्था अत्यन्तै अस्तव्यस्त हुन पुगेको बताइएको छ । तर युरोपेली देशहरुले यस समस्याको सामुहिक समाधान खोजिरहेका बताइन्छ ।